ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइतवार पहिलो घण्टामा १.१७ % ले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७८ बैशाख, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३० दशमलव ५७ अंकले बढेर २ हजार ६४१ दशमलव ६८ विन्दुमा पुगेको छ ।

२ हजार ६२७ दशमलव ८२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव १७ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०८ ओटा कम्पनीको १७ हजार ९८० पटकको कारोबारमा २८ लाख ७५ हजार ९८७ कित्ता शेयरको रू. १ अर्ब ५६ करोड १ लाख १० हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै, सिंगटी हाइड्रोको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३६८ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्