ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइतवार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

२०७८ बैशाख, १९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९० हजारमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ९०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ४५० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. १ हजार २९५ मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्