ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ गते 

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ ।

कम्पनीले सभा केन्द्रीय कार्यालय थापागाउँमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।  सभाले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

साथै यस कम्पनीले कुनै कम्पनीलाई प्राप्ति वा एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका जेठ १३ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ । 

जेठ १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्