ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

४ करोड ४४ लाख खराब कर्जा उठाएको सबैको लघुवित्तको खुद नाफा ३.२२ गुणा वृद्धि

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव २२ गुणा अर्थात् २२२ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा रू. २ करोड ४६ लाख खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड ९२ लाख ७० हजार पुर्‍याएको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ४४ लाख ९२ हजार खराब कर्जा उठाउनुका साथै खुद ब्याज आम्दानी र सञ्चालन नाफमा वृद्धि गरेकाले नाफा बढेको हो । 

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा १०८ प्रतिशतले वृद्धि भएको छ ।  
कम्पनीको चुक्तापूँजी रू.२० करोड ६० लाख रहेको छ । जगेडा कोष गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १७७ प्रतिशतले वृद्धि भएको छ । 
कम्पनीले गत आवमा जगेडामा रू. ३ करोड ३६ लाख सञ्चित गरेकोमा चालू आवमा रू. ९ करोड ३१ लाख पु¥याएको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू.२ अर्ब १७ करोड १७ करोड २२ लाख सापटि लिएर, रू. ८१ करोड ८९ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब १० करोड १० लाख कर्जा लगानी गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ३०, मूल्य आम्दानी अनुपात ३० दशमलव ९९ गुणा,तरलता अनुपात २७ दशमलव १३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव २३ रहेको छ ।

हालसम्ममा कम्पनीले ३७ ओटा जिल्लाहरुमा ६९ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्