ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला         

२०७८ बैशाख, १९  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख १९, नयाँदिल्ली । भारतमा अक्सफोर्ड–अस्त्रजेनेकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको बताएको छ ।     
     
“कोभिसिल्ड” नामबाट खोप उत्पादन गरिरहेको सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले खोप उत्पादनको कार्यमा कुनै व्यवधान नरहेको र यो पूर्ण क्षमतामा जारी रहेको बताएका छन् ।     
     
सुरक्षा र धम्कीका कारण भारत छाडेको भनिएका पूनावालाले आफूले बेलायतमा साझेदारहरुसँग छलफल गरेको स्पष्ट गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘बेलायतमा हाम्रा सबै साझेदारसँग निकै राम्रो छलफल भएको छ ।पुणेस्थित प्लान्टमा कोभिसिल्डको उत्पादन पूर्ण क्षमतामा भएकोमा खुशी लागेको छ । केही दिनभित्रै म भारत फर्किएपछि उत्पादनका बारेमा समीक्षा गरिने छ ।’     
     
यसैबीच, सेरमले बुधवार भारतीय राज्यहरुका लागि कोभिसिल्डको प्रतिडोज मूल्यलाई समायोजन गरी भारु ४०० बाट भारु ३०० बनाएको बताएको छ ।  भारतको केन्द्रीय गृह मन्त्रालयले पूनावालालाई वाई वर्गीकरणको सुरक्षा दिइएको बताएको छ ।     
     
केही अघि प्रमुख कार्यकारी पूनावालाले खोप उत्पादनलाई तिब्रता दिन भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरेका थिए ।     
     
भारत सरकारले कोभिसिल्ड खोप विदेश निर्यात गर्न रोकेपछि सेरमले भारत सरकार समक्ष आर्थिक सहायता माग गरिरहेको छ भने कोभिसिल्डको खोप विदेश निर्यात गर्न नदिइएको भन्दै सेरमसँग सम्झौता गरिसकेका अन्य मुलुकले पनि आपत्ति व्यक्त गरेका छन् ।   रासस/ एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्