ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५ अर्बको शेयर खरीदविक्री भएको बजारमा एनसीसी बैंकको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७८ बैशाख, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ४५ दशमलव ८० अंकले बढेर २ हजार ६५६ दशमलव ९१ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ७५ प्रतिशतले बढेको हो ।

तेस्रो घण्टाको अवधिमा २२२ ओटा कम्पनीको रू. ५ अर्ब १० करोड ५ लाख ३७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै, सिंगटी हाइड्रोको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, समूहको परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३३ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३६७ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ४९१ मा रू. ३० करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्