ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रु रु जलविद्युतको आईपीओ सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता


वैशाख १९, काठमाडौं । नेप्सेमा आइतवार रु रु जलविद्युत् परियोजना लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ सूचीकृत भएको हो । 

अब यो शेयर सोमवारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. ११८ दशमलव ८४ देखि ३५६ दशमलव ५२ तोकेको छ । नेप्सेले पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले आईपीओको बाँडफाँट गत वैशाख ३ गते गरेको थियो । ३७ हजार ९१६ जनाले गोला प्रथामार्फत १० कित्ताका दरले शेयर पाएका थिए । बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता शेयर १० कित्ताभन्दा बढी माग गरी आवेदन दिएका ७ जनालाई १/१ कित्ताका दरले थप पाएका हुन् । 

कम्पनीले निष्कासन गरेको आईपीओमा कुल १६ हजार ८३ हजार १२१ जना आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो । जसमध्ये ८ हजार ५३५ जना आवेदकको आवेदन रद्ध भएको विक्री प्रबन्धकले जानकारी गराएको छ ।  

कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रिमियसहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुको लागि र २०हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । 

कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावट क्षमताको रु रु जलविद्युत् परियोजना निर्माण गरी वि.स २०७१ चैत ९ गतेदेखि व्यापारीक उत्पादन शुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावट विद्युत् उत्पादन भइरहेको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्