ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५४ अंकले परिसूचकमा वृद्धि, एनसीसी बैंकको सर्वाधिक कारोबार

२०७८ बैशाख, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । आइतवार नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६६५ दशमलव ११ विन्दुमा पुगेको छ । 

यो दिन नेप्से परिसूचक २ दशमलव शून्य ७ प्रतिशत बढेको हो । २ हजार ६२७ दशमलव ८२ विन्दुदेखि खुलेको बजार २ हजार ६११ विन्दुसम्म झरेको थियो ।
यसदिन कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक बढ्दा अन्य समूहको परिसूचक सर्वाधिक ४ दशमलव ६३ प्रतिशत बढेको छ ।

त्यस्तै बैंकिङ्गको १ दशमलव १२ प्रतिशत, व्यापारिकको २ दशमलव ११ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३ दशमलव ३८ प्रतिशत, विकास बैंकको १ दशमलव ३५ प्रतिशत, जलविद्युतको १ दशमलव ४७ प्रतिशत परिसूचक बढेको छ । 

त्यसैगरी वित्तको १ दशमलव ३ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ४७ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ६३ प्रतिशत, लघुवित्तको २ प्रतिशत, जीवन बीमाको ३ दशमलव ७४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३२ प्रतिशत र लगानी समूहको शून्य दशमलव ७७ प्रतिशत परिसूचक बढेको छ ।

आइतवार तीन ओटा कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । विशाल बजार कम्पनी र महिला लघुवित्तको ९ दशमलव ९८ प्रतिशत र सिंगटी हाइड्रो इनर्जीको ९ दशमलव ९२ प्रतिशत शेयरमूल्य बढेको हो । 

यसदिन विशाल बजार कम्पनीको प्रतिशेयर रू. ५०९ ले बढेर अन्तिम रू. ५ हजार ६०८ र महिला लघुवित्तको प्रतिकित्ता रू. ३१२ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ४३७ कायम भएको छ । सिंगटी हाइड्रोको भने प्रतिकित्ता रू. ३६ ले बढेर अन्तिम मूल्य रू. ३९९ पुगेको छ ।

यसदिन रू. ७ अर्ब ३६ करोड ८ लाख बराबरको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर कारोबार भएको छ । यो दिन २२६ ओटा कम्पनीको ८३ हजार ४०४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।

कुल कारोबारमा एनसीसी बैंकको सर्वाधिक हिस्सा रहेको छ । एनसीसी बैंकको रू. ४२ करोड २ लाख ४३ हजार बराबरको ११ लाख ४५ हजार ७५३ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. ३६७ पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्