ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिडका कारण विश्वका महिलाले एक वर्षमा गुमाए ८ खर्ब डलर बराबरको आय

२०७८ बैशाख, १९  
अन्तरराष्ट्रिय
Image Not Found
सांकेतिक तस्वीर

वैशाख १९, वासिङटन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारीका कारण विश्वभर महिलाहरुले खर्बौ डलर गुमाएका छन् ।

महामारी बीच उनीहरुले हेरचाहगर्दै काम पनि भ्याउनु पर्ने अवस्था बीच जागिर गुमाएका छन् भने भएको रकम पनि खर्च गर्नु परेको छ ।

सन् २०२० मामात्रै महिलाहरुले विश्वभर ६ करोड ४० लाख जागिर गुमाएको अक्सफाम इन्टरनेशनलको प्रतिवेदनले देखाएको छ । यो महिलाहरुसँग भएको कुल रोजगारीको करीब ५ प्रतिशत भएको बताइएको छ । 

सोही अवधिमा ३ दशमलव ९ प्रतिशत पुरुषहरुले मात्रै महामारीका कारण जागिर गुमाएका छन् । कोरोना भाइरसको महामारीका कारण विश्वभरका महिलाहरुले कम्तिमा पनि ८ खर्ब डलर गुमाएका छन् । यो ९८ ओटा देशहरुको एकमुष्ठ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि धेरै भएको अक्सफामले बताएको छ ।

कोभिडको महामारीका कारण उत्पन्न आर्थिक कमीको महिलाहरुमा कठोर प्रभाव परेको एक विज्ञप्तिमा अक्सफाम इन्टरनेशनलकी कार्यकारी निर्देशक ग्याब्रिला बुचेरले भनिन् । यसमा अनौपचारिक अर्थतन्त्रमा काम  गर्ने करोडौं महिलाहरुलाई समावेश नगरिएको बताइएको छ ।

महामारीका कारण यी क्षेत्रमा काम गर्नेको काम गर्ने समय र आय दुबैमा नाटकीय कमी आएको छ । काम छोड्ने महिलाको संख्या पनि उच्च रहेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्