ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समायोजनपछि पनि २.७२ प्रतिशत बढ्यो प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य 

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । आइतवार समायोजनपछि पनि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य २ दशमलव ७२ प्रतिशत बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. ७९२ पुगेको हो । 

कम्पनीको ८ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले गत बिहीवार कायम अन्तिम मूल्य रू. ८३३ को आधारमा समायोजन पछिको मूल्य रू. ७७१ तोकेको थियो । 

कम्पनीले यस वर्ष आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफबाट ८ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न जेठ २ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । 

सो सभा प्रयोजनका लागि वैशाख १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको कम्पनीको लाभांश वैैशाख १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त गर्न सक्नेछन् । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्