ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लकडाउन अवधिभर समस्यामा परेका ग्राहकलाई कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजले सहुलियत दिने

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रालि( ब्रोकर नम्बर ३५) ले लकडाउन अवधिभर समस्यामा परेका आफ्ना ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने भएको छ । 

कम्पनीले आइतवार आफ्नो फेसबुक मार्फत आफ्नो ग्राहकहरुलाई लकडाउनका बीच घरखर्च र अस्पतालको लागि रकम आवश्यक परेको जानकारी गराएमा शेयर विक्री गरेको दिनमै रू. २ लाखसम्म रकम उपलब्ध गराउने जानकारी दिएको हो ।

वैशाख १६ गतेदेखिनै अनलाईन कारोबार गर्न आग्रह गर्दै आएको उक्त कम्पनीले अनलाईन मार्फत रकम भुक्तानी गर्दा स्पष्ट जानकारी गराउन समेत आग्रह गरेको छ । कम्पनीले शेयर खरीद बापतको रकम बैंक खाता वा अनलाईन मार्फत भुक्तानी गरिसकेपछि त्यसको विवरण इमेलमार्फत पठाउन पनि आग्रह गरेको छ । 

कम्पनीले आफ्नो इमेल ठेगाना [email protected] मा रकम भुक्तानीको विवरण पठाउन आग्रह गरेको हो । उपत्यकामा जारी लकडाउनका विच पनि शेयर बजार सञ्चालन भइरहेकाले कोहिनुर सेक्युरिटिजले पनि सीमित कर्मचारीमार्फत सेवा प्रदान गरिरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्