ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चीनले लगाम कस्न खोजेका कम्पनीमा टेन्सेन्ट र बाइटडान्सजस्ता ठूला कम्पनी पनि 

२०७८ बैशाख, १९  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख १९, पेचिङ (चीन) । चिनियाँ नियामकहरुले आफ्ना वित्तीय एकाईमा कठोर नियमनको पालना गर्न १३ अनलाइन मञ्चहरुलाई आदेश दिएका छन् । चीनको ठूला प्रविधि कम्पनीहरुमाथि लगाम कस्ने बृहत अभियान अन्तर्गत सो आदेश दिइएको हो । 

यसमा टेन्सेन्ट र टिकटकको मातृ कम्पनी बाइटडान्स पनि रहेको छ । यसो गर्नुको उद्देश्य मनपरी एकाधिकारपूर्ण व्यवहार र पूँजीको अनुमति विस्तार रोक्ने भएको अधिकारीहरुको भनाइ छ । कयौं वर्षसम्म पेचिङले प्रविधि मञ्चहरुलाई वृद्धिको लागि प्रोत्साहन दिएको थियो । 

तर यिनीहरुले वित्तीय सेवा क्षेत्रमा व्यापार विस्तार बढाएपछि निगरानी बढाइएको छ । वित्तीय सेवाको पहुँच थप मानिसहरुसमक्ष पुर्‍याउन र यिनीहरुको प्रभावकारितामा सुधार ल्याउन इन्टरनेट मञ्चहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक विज्ञप्तिमा चिनियाँ केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओस)ले भनेको छ । 

तर केही वित्तीय सेवाहरु बिना अनुमति सञ्चालन भइरहेको र नियामक मध्यस्थता, अनुचित प्रतिस्पर्धा जस्ता क्षेत्रमा गम्भीर ऐन उल्लंघन भएको र उपभोक्ताको हितमा पनि क्षति पुर्‍याइरहेको बैंकको भनाइ छ । नियामकहरुको सामना गर्ने मञ्चमध्ये केही ई–कमर्श कम्पनी जेडीडटकम, हाते फोन निर्माता साओमी, अनलाइन ट्याक्सी सेवा प्रदायक तिती छुसिङ, फूड डेलिभरी कम्पनी मेइतुआन आदिद्वारा सञ्चालित मञ्च रहेका छन् । 

यिनीहरु सबैलाई होल्डिङ कम्पनी खडा गर्न आदेश दिइएको छ । यसले यिनीहरुको पूँजीगत आवश्यकतामाथि कडाई गर्नेछ । यिनीहरुलाई व्यवसाय सुधार योजनाको खाँका बनाउन, भुक्तानी टूल र अन्य वित्तीय प्रडक्टबीचको अनुचित सम्बन्ध कटौती गर्न र डेटा नियन्त्रणमा एकाधिकार तोड्न आदेश दिइएको छ । 

यी सबै आदेश गत महीना नियामकहरुले अनलाइन कम्पनी अलिबाबाको सहायक वित्तीय कम्पनी एन्ट ग्रुपलाई दिइएको आदेशसँग मिल्दोजुल्दो छ । अप्रिलको शुरुमा नियामकहरुले अलिबाबालाई बजारमा प्रतिस्पर्धा मिच्न नहुने कानून उल्लंघन गरेको भन्दै २ अर्ब ८० करोड डलरको कीर्तिमानी जरिवाना तिराएका थिए । एजेन्सी 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्