ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकी अर्थतन्त्रमा वृद्धि जारी 

२०७८ बैशाख, १९  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख १९, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्रमा वृद्धि जारी रहेको छ । व्यवसायहरु पुनः खुल्न थालेको अनि सरकारले नागरिकहरुलाई कोरोना राहत दिन ठूलो खर्च गरेसँगै अर्थतन्त्रमा पुर्नबाहलीको क्रमले निरन्तरता पाएको हो । 

यस वर्षको पहिलो तीन महीनामा अर्थतन्त्र वार्षिक ६ दशमलव ४ प्रतिशतले बढेको छ । सन् २०२० को अन्तिम तीन महीनामा भने अर्थतन्त्र ४ दशमलव ३ प्रतिशतले बढेको थियो । सन् २०२०मा तीव्र दरमा खुम्चिएपछि अमेरिकी अर्थतन्त्रमा अपेक्षा गरिएभन्दा छिट्टै सुधार आइरहेको छ । तर महामारीका कारण उत्पन्न आर्थिक मन्दीबाट उब्रिन भने यसलाई कयौं वर्ष लाग्नेछ । 

अमेरिकी अर्थतन्त्र तीव्र रुपमा बढिरहेको र यो अभूतपूर्व वृद्धिको अवधितर्फ उन्मुख भइरहेको वित्तीय सेवा प्रदायक कम्पनी चाल्र्स श्वाबका बेलायती प्रवन्ध निर्देशक रिचर्ड फ्लिन बताउँछन् । पाँच त्रैमासभित्र गहिरो मन्दी र तीव्र पुर्नबहालीसहित अर्थतन्त्रमा ‘भि’ अकारको पुर्नबहाली आउने उनको भनाइ छ । 

गत मेयता अमेरिकाले कोरोनाबाट राहत दिन करीब ६० खर्ब डलर खर्च गरिसकेको छ । राष्ट्रपति जो बाइडेनले करीब ४० खर्ब येन बराबरको नयाँ स्टिमुलस खर्चको योजना ल्याएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्