ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पत्रकार महासंघ बागलुङद्वारा आफ्नै भवनमा १० ओटा बेडको आइसोलेशन कक्ष निर्माण

२०७८ बैशाख, १९  
गण्डकी प्रदेश
Image Not Found
आइसोलेशनको लागि बेड मिलाउँदै पत्रकारहरु 
author avatar अर्जुन कार्की

वैशाख १९, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङले १० ओटा बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । महासंघले आइतवार आफ्नै भवनको सभाहलमा १० ओटा बेडको आइसोलेशन कक्ष तयार गरेको हो । 

अग्रपंतीमा खटिएर रिपोटिङ गर्दा भविष्यमा आईपर्ने समस्यालाई सहज समाधानको लागि महासंघले भवनको सभाहलमा आइसोलेशन निर्माण गरेको अध्यक्ष नरेश कंडेलले जानकारी दिए । कोरोना उपचार भइरहेको धौलागिरि अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा हुने बेड अभावलाई ध्यानमा राखेर अक्सिजनको व्यवस्थासहित आइसोलेशन तयार गरेको अध्यक्ष कंडेलले बताए । 

आइसोलेशन कक्ष सञ्चालनको लागि धौलागिरि अस्पताल र बागलुङ नगरपालिकासँग आवश्यक समन्वय गरिएको छ । आइसोलेशन कक्षमा कोरोना संक्रमित पत्रकारलाई उपचारको लागि रााखिने छ । त्यहाँ आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा अस्पताल र नगरपालिका स्वास्थ्य शाखाले साथ दिने प्रतिबद्धता जनाएको अध्यक्ष कँडेलले बताए । 

आइसोलेशनमा वाईफाई, रुची अनुसारका पुस्तक, म्युजिक तथा भिडियोका लागि मल्टिमिडिया जस्ता प्राविधिक सामग्री जडान गरिएको छ । आइसोलेशन कक्षमा आवश्यक सेनिटाईजर, डिजिटल बिपिसेट, अक्सिजन नाम्ने उपकरण, पाँच लिटर सेनिटाईज, सर्जिकल मास्क गरी करीब २२ हजार बराबरको सामग्री ब्रदर्श सर्जिकल एण्ड डाईगोनोटिसका सञ्चालक निलकण्ठ शर्मा प्रदान गरेका थिए ।

बजार क्षेत्रमा भाडा गरी बस्ने पत्रकार सञ्चारकर्मीहरुले अस्पतालको बेड नपाउँदा कहाँ बसेर उपचार गर्ने समस्या रहेकोले महासंघले आफ्नै भवनमा आइसोलेशन कक्ष निर्माण गरेको उपाध्यक्ष नविन शिशिर विकले जानकारी दिए । ‘बजार क्षेत्रमा भाडा गरी बस्ने पत्रकार सञ्चारकर्मीले अस्पतालमा बेड नपाउँदा कहाँ बसेर उपचार गर्ने’ उपाध्यक्ष विकले भने ‘महामारीको पूर्वतयार अनुसार महासंघले आफैले पहल गरेको हो ।’ 

आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर सत्य तथ्य सूचना प्रवाह गर्न उनको आग्रह छ । महासंघले निषेधाज्ञाको समयमा आईपर्ने कुनै पनि प्रकारको समस्याको बारेमा पत्रकार सञ्चारकर्मीलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्