ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भोजपुरमा भूमि सम्बन्धी समस्या समाधान आयोगको काम शुरू

२०७८ बैशाख, २०  
प्रदेश ०१
NA

भोजपुर (अस) । सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम शुरू गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीको लगत संकलनको काम थालनी गरिएको हो । लगत संकलनको काम आगामी जेठ १० गतेभित्र सम्पन्न गरेर अन्य प्रक्रिया अघि बढाइने भूमि सम्बन्धी समस्या समाधान आयोग, भोजपुरका अध्यक्ष देवीराम चौलागाईंले बताए । वडा कार्यालयले तथ्यांक संकलन गरेर गाउँपालिकामा पठाउने र स्थानीयहरूले  प्रमाणीकरण गरेर जिल्लामा रहेको आयोगको कार्यालयमा पठाएपछि अन्य काम शुरू हुने आयोगले बताएको छ ।

आयोगले भूमिसम्बन्धी समस्या समाधानको कामको थालनी गरेसँगै वर्षौंदेखि रहिआएको भूमिको समस्या समाधान हुने षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताइन् । अभियानको रूपमा सञ्चालन गरिएको पहिलो चरणको कार्यक्रममार्फत आयोगको काम, कर्तव्य र अधिकार तथा जग्जा प्राप्तिको विषयमा स्थानीय तहका कर्मचारीसहित जनप्रतिनिधिलाई जानकारी दिइएको भूमि सम्बन्धी समस्या समाधन आयोग, भोजपुरका विज्ञ सदस्य ईश्वरमान राईले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्