ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रसुवामा पाँच हेलिप्याड निर्माण

२०७८ बैशाख, २०  
वाग्मती प्रदेश
NA

रसुवा । ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत जिल्लाका दक्षिणी भेगमा पाँचओटा हेलिप्याड निर्माण भएका छन् ।

नयाँ बनेका हेलिप्याडमा कालिका गाउँपालिका–२ कालिकास्थान र सोही गाउँपालिका–४ र ५ जिवजिवे रहेका छन् । जिवजिवेको हेलिप्याड प्रदेश सरकार र कालिका स्थानको हेलिप्याड स्थानीय सरकारको आर्थिक सहयोगबाट तयार भएका कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले जानकारी दिइन् ।

यसैगरी नौकुण्ड गाउँपालिका अन्तर्गत सरमथलीडाँडा, पारच्याङको मुनि फाम्चेत लारच्याङटारमा हेलिप्याड निर्माण भएको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेले जानकारी दिए । ती हेलिप्याडमा परीक्षण उडान गराउन बाँकी रहेका छ्न । ठूलो घनाबस्ती रहेको भोर्ले, रूप्सेपानी तथा घडेरीडाँडा, लहरेपौवा, डाँडागाउँ एवं ठूलोगाउँमा हेलिप्याड निर्माण गर्ने योजना अझै बन्न सकेको छैन । उत्तरगया क्षेत्रमा आपत्कालीन अवस्थाका लागि भने बेत्रावतीस्थित फलाखुखोलाको बगरमा हेली अवतरण गराउने गरेका छन् ।     

बेत्रावती बजार आसपास क्षेत्रका लागि विस्तार गरिएका स्थानीय विद्युत् लाइन र चिलिमे जलविद्युत् केन्द्रमा उत्पादित विद्युत्को राष्ट्रिय प्रसारण लाइनसमेत नजीकमै पर्ने भएकाले फलाखु बगरमा हेलिकोप्टर अवतरण गराउँदा पाइलटहरूले निकै सावधानी अपनाउने गरेका छन् । गोसाइँकुण्डले भने आफ्ना ६ ओटै वडाअन्तर्गत धुञ्चे, स्याफ्रु, लाङ्टाङ, बृद्विम, टिमुरे, थुमन, क्षेत्रमा हेलिप्याड निर्माण गर्ने योजना बनाएको उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत गोल्जुङबेँशी र हाकुको पाङ्लिङमा दुईओटा हेलिप्याड निर्माण गराउने आफ्नो कार्ययोजना भएको भन्दै उक्त गाउँपालिका अध्यक्ष बुचुङ तामाङले विस्तृत छलफल गर्न बाँकी रहेको बताए । सदरमुकाम धुञ्चेस्थित साबिकको हेलिप्याड तथा खेलमैदानलाई सुधार गर्दै फुटबल खेल प्रयोजनका लागि घेराबार लागेकाले सो स्थानमा सहज रूपले हेलिकोप्टर अवतरण गराउने अवस्था छैन । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्