ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेटलाइफ नेपालको कोभिड केयर सहायता कार्यक्रम

२०७८ बैशाख, २०  
बजार
NA

काठमाडौं (अस) । कोभिड–१९ को महामारीबाट प्रभावित ग्राहकको सहयोगार्थ मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रम सञ्चालन गरेको छ ।

यसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा ३ कार्यदिनभित्रै द्रुतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिनेछ ।

दाबीकर्तालाई बीमा दाबीका लागि आवश्यक कागजात अनलाइनमै पेस गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दाबी भुक्तानी तीन कार्यदिनभित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

द्रुतमार्गी दाबीका साथै कोभिड लक्षण भएका ग्राहकका लागि तीन वटा निदान केन्द्रसँग घरमै आई पिसिआर परीक्षण गरिने सुविधा कम्पनीले दिएको छ ।

डाँफे केयरमार्फत कोभिड संक्रमित ग्राहक र तिनमा आश्रित परिवारजनको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीलाई आवश्यक औषधी सहयोग समावेश छ ।

प्रतिक्रिया [1]
User Image

rc maharjan

[May 4, 2021 04:56am]

Think about those whom big talk and fast policy maker is not work when paid up to client for claim .


प्रतिक्रिया दिनुहोस्