ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अवरोधका बीच लुम्बिनीका मुख्यमन्त्रीद्वारा सपथग्रहण

२०७८ बैशाख, २०  
समाचार
NA

काठमाडौं (अस) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा आइतबार साँझ सपथग्रहण गराइएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए । नाराबाजीकै बीच सपथग्रहण भएको हो । यसअघि, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको १२ घण्टा नबित्दै पुनः सोही पदमा नियुक्त भएका थिए  ।
प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतवार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।
आइतवार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई पोखरेलले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै राजीनामा बुझाएका थिए । लुम्बिनी प्रदेशमा सत्तासमीकरणमा रस्साकस्सीका बीच तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वली माओवादी केन्द्रतर्पm लागेपछि एमालेका पोखरेलले बहुमत गुमाएको विपक्षीको भनाइ थियो ।

‘अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त नगर्न २ घण्टा अगाडि भेटेर जानकारी गराउँदागराउँदै नियुक्त गर्नु आपत्तिजनक, निन्दनीय र असंवैधानिक छ,’ मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले बताए । यसैबीच, लुम्बिनी प्रदेशमा भएको राजनीति उथपुथलको बारेमा आइतवार आकस्मिक रूपमा एमाले अध्यक्ष प्रम केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक डाकेर छलफलसमेत गर्नुभएको थियो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बैठकबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्री ओलीले लुम्बिनीलगायत प्रदेशहरूमा पार्टी भित्रैबाट उत्पन्न स्थितिको गम्भीरताबारे जानकारी गराउनुभयो ।,’ बालुबाटार बैठकमा ओलीले पार्टीभित्रबाटै केन्द्रदेखि प्रदेशसम्म घात गर्नेलाई थप ‘एक्शन’ लिने संकेत गरेको नेताहरूको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्