ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोमवार रातिदेखि आन्तरिकतर्फका सबै उडान बन्द

भारतसहित तीन देशबाट हुने उडान स्थगित

२०७८ बैशाख, २०  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले सोमवार (आज) रातिदेखि लागू हुने गरी आन्तरिकतर्पmका सबै उडान बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार रातिदेखि आन्तरिक उडान र २२ गते बुधवारदेखि भारतसहित तीन देशबाट हुने सबै उडान स्थगित गर्ने निर्णय भएको बैठकमा सहभागी कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।

उनका अनुसार मंगलवारदेखि भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि स्थगन गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सिफारिशमा बैठकले यस्तो निर्णय गरेको छ । पछिल्लो समयमा अत्यधिक मात्रामा कोरोना संक्रमित देखा परेसँगै सरकारले आन्तरिक र बाह्य उडानहरू स्थगन गरेको हो ।

आइतवार नै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका अधिकारीहरूबीच भएको छलफलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमवारदेखि १ घण्टामा जम्मा तीनओटा मात्रै उडान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्