ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चालू आवमा ‘फ्लाइओभर’ निर्माण अघि नबढ्ने

२०७८ बैशाख, २०  
वाग्मती प्रदेश
NA

काठमाडौं । सडक विभागले कोटेश्वर–कलंकी खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाए पनि बजेट अभावका कारण चालू आवमा प्रक्रिया अघि नबढ्ने भएको छ । ललितपुरको ग्वार्काे, सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने भनिए पनि अर्थ मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको छैन ।

तीनओटै चोकमा निर्माण योजना बनाइएको भए पनि चालू आवमा ग्वार्काे चोकमा निर्माण शुरू गर्नेगरी अध्ययन गरिएको सडक विभागले बताएको छ । यसका लागि आवश्यक रकम विभागले अर्थ मन्त्रालयसँग माग गरेको विभागका प्रवक्ता शिव नेपालले बताए । उनले भने, ‘अर्थ मन्त्रालयमा भएको छलफलअनुसार चालू आवमा ठेक्का शुरू गर्न सकिने देखिएको छैन ।’    

बजेट अभावका कारणले अर्थ मन्त्रालयले सहमति नदिएको हुन सक्ने प्रवक्ता नेपालले बताए । चालू आवमा डिजाइनका लागि रकम छुट्याइएको भए पनि निर्माणका लागि बजेट छुट्याइएको थिएन । अर्थ मन्त्रालयसँग निर्माणका लागि रकम मागेर बहुवर्षीय ठेक्का गर्न खोजिएको भए पनि मन्त्रालयले दिन सकेको छैन । कतिपय ठेक्कामा काम सम्पन्न भइसकेको भए पनि भुक्तानी दिन नसकेकोमा थप दायित्व किन गर्ने भन्ने मन्त्रालयले सोचेको हुन सक्ने उनले बताए । ‘निर्माण व्यवसायीले भने जति नभए पनि विभागले कतिपय ठेक्का सम्पन्न भएकोमा भुक्तानी गर्न बाँकी छ,’ उनले भने ।     

आगामी आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई छुट्याएको बजेटबाट पनि यसको निर्माण गर्न सकिने हुन सक्ने प्रवक्ता नेपालले बताए । अर्थ मन्त्रालयले सहमति दिएमा चालू आवमा सूचनासम्म निकालेर अर्काे वर्षमा गर्नेगरी काम अघि बढाउन सकिने देखिएको छ । यससम्बन्धी फाइल अहिले अर्थ मन्त्रालयमा ६ । केही समय पहिले मात्रै मन्त्रालयले विभागसँग ‘फ्लाइओभर’ निर्माणका बारेमा चासो देखाएर छलफल गरेको थियो । विभागले आफूसँग कागजात तयार रहेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन सहमति मागेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्