ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एभरेष्ट इन्स्योरेन्सले आव्हान गर्‍यो २६औं वार्षिक साधारण सभा, ८.४२% लाभांशको प्रस्ताव

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १० गते २६औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले आफ्नै प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा दिउँसो २ बजेका लागि सभा बोलाएको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्तापूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

सभाको अन्य प्रस्तावमा बोनस बाँडफाँट पश्चात हुने कम्पनीको शेयर पूँजी बराबर जारी तथा चुक्तापूँजी पुर्‍याउने तथा सोही बमोजिम कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिलाई दिएको अधिकारलाई निरन्तरता दिने रहेको छ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि वैशाख २९ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्