ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

छिमेक लघुवित्तको संस्थापक शेयर निषेधाज्ञा खुला भएको पाँच दिनसम्म खुला रहने 

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । वैशाख १४ गतेदेखि लिलामीमा विक्री खुला भएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर निषेधाज्ञा खुला भएको पाँच दिनसम्म विक्रीमा रहने भएको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको छिमेक लघुवित्तको २ लाख कित्ता संस्थापक शेयर वैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने गरी विक्रीमा आएको थियो । 

पछिल्लो समय वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण आवेदन दिने अवधि थप गरिएको हो । कम्पनीको शेयर गत माघ २७ देखि चैत ३ गतेसम्म बोलपत्र आव्हान गर्दा विक्री भएपश्चात बाँकी रहेको शेयर पुनः लिलामीमा विक्री गर्न लागिएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. ६०० मूल्य तोकिएको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । यो शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्