ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५ ओटा संस्थाले पाए विशिष्टिकृत लगानी कोष सञ्चालनका लागि बोर्डको अनुमति 

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाँच ओटा संस्थाहरुलाई विशिष्टिकृत लगानीकोष सञ्चालनका लागि अनुमति दिएको छ । 

बोर्डले ग्लोबल इक्विटी फण्ड प्रा.लि, लक्ष्मी क्यापिटल मार्केट लि., एनआइबिएल एस क्यापिटल लि., एनआईसी एशिया क्यापिटल लि. र एनएमबि क्यापिटल लि.लाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गरेको हो । स्वीकृत प्राप्त यी संस्थाहरुलाई आवश्यक पूर्वाधार तयार गर्न समेत बोर्डले निर्देशन दिएको छ । 

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न कोष व्यवस्थापकको रुपमा विभिन्न नौ संगठित संस्थाले निवेदन दिएकोमा बोर्डले उक्त नियमावली बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने पाँच कम्पनीहरुलाई मात्र अनुमति दिएको जानकारी गराएको छ । 

धितोपत्र दोस्रो बजारमा नयाँ वित्तीय औजार थप गर्नका लागि बोर्डले विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो । बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा अन्तरराष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र सञ्चालनका लागि यो नियमावली लागू गरेको जानकारी दिएको छ । 

नेपालको धितोपत्र बजारमा बजारमा हाल शेयर, डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने विश्वास बोर्डको छ । 

यो सँगै निजी क्षेत्रको स्रोत परिचालन हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा वृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने विश्वास पनि बोर्डले लिएको छ ।

यस किसिमको कोषको स्थापना र सञ्चालनले पूँजी बजारको दायरा फराकिलो भई नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा आशा बोर्डले गरेको छ ।    

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्