ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द

२०७८ बैशाख, २०  
गण्डकी प्रदेश
Image Not Found

वैशाख २०, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । 

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतवार जारी गरेको आदेशमा नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैरिहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ ।

वैशाख २१ गते बिहान ५ बजेदेखि वैशाख ३१ गते रातको १२ बजेसम्मका लागि तोकिएको आदेशमा अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सबै किसिमका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड कायम गरी नियमित पूजाआजा बाहेकका अन्य कार्य नगराउन आदेशमा भनिएको छ । सबै किसिमका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा गरिने पठनपाठन तथा परीक्षा सञ्चालन नगराउन आदेशमा उल्लेख छ । 

औषधि एवम् स्वास्थ्य सामग्रीका पसल भने २४ सै घण्टा खुल्नुका साथै दैनिक उपभोग्य खाद्यान्न, फलफूल, माछामासुका लागि बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न सकिने प्रशासनले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्