ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले पायो राष्ट्र बैंकको सैद्धान्तिक सहमति 

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएको छ । 

राष्ट्र बैंकले वैशाख १५ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको कम्पनीले जानकारी दिएको हो । यी दुई कम्पनीबिच माघ ८ गते प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

नेशनल माइक्रोफाइनान्सको केन्द्रिय कार्यालय धादिङमा र महिला सहयात्राको केन्द्रिय कार्यालय मकवानपुरमा रहेको छ । हाल ४३ ओटा जिल्लाहरुमा ६५ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी रू. ३१ करोड ९४ लाख ९५ हजार रहेको छ ।  

त्यस्तै १८ जिल्लाहरुमा कार्यक्षेत्र रहेको महिला सहयात्राको चुक्तापूँजी रू. १४ करोड ६४ लाख १० हजार रहेको छ । यस वर्ष महिला सहयात्राले १० प्रतिशत बोनस शेयर र नेशनल माइक्रोफाइनान्सले २१ प्रतिशत बोनसमार्फत पूँजी बढाएका हुन् । 

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम महिला सहयात्राको शेयर कारोबार माघ ९ गतेदेखि रोक्का भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्