ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समता घरेलु लघुवित्तद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । 

कम्पनीले गत पुस १४ गते सम्पन्न ७औं साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले पुस ४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

साथै, पुस ४ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्