ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रु रु जलविद्युतको शेयर दोस्रो बजारमा आजदेखि रू. ३५६ मा कारोबार खुला 

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडको शेयर कारोबार सोमवारदेखि खुला भएको छ । 

कम्पनीको शेयर रू. ३५६ मा खुला भएको हो । यो समाचार तयार पार्दाको समय ११ : २० बजेसम्ममा पहिलो दिन कम्पनीको १० कित्ता शेयर खरीदविक्री भएको छ ।  कम्पनीको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ४० लाख ७७ हजार ५५ कित्ता सूचीकृत भएको हो ।
 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. ११८ दशमलव ८४ देखि ३५६ दशमलव ५२ तोकेको छ । नेप्सेले पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले आईपीओ बाँडफाँट गत वैशाख ३ गते गरेको थियो ।  ३७ हजार ९१६ जनाले गोलाप्रथा मार्फत १० कित्ताका दरले शेयर पाएका थिए । बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता शेयर १० कित्ताभन्दा बढी माग गरी आवेदन दिएका ७ जनाले थप १/ १ कित्ताका दरले पाएका थिए ।

कम्पनीले निष्कासन गरेको आईपीओमा कुल १६ हजार ८३ हजार १२१ जना आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो ।

कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रिमियसहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुको लागि र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सु्रक्षित गरी बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणको लागि आईपीओ निष्कासन गरिएको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्