ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोमवार पनि बढ्यो सुनको मूल्य : तोलामा ४०० को वृद्धि

२०७८ बैशाख, २०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. १०० ले बढेको सुनको भाउ सोमवार रू. ४०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजारमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ९०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै, सोमवार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतवार प्रतितोला रू. १ हजार २९५ मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार ३०० खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले बढेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्