ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमासमा आइएमई लाईफ इन्स्योरेन्सको बीमाशुल्क ११४ % ले वृद्धि

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं ।  आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११४ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू ८८ करोड १९ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ अर्ब ८९ करोड ५४ लाख पुगेको हो ।  

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १० करोड १ लाख नाफा कमाएको हो  ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ ।

कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुग्नेछ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४५ करोड ५ लाख र बीमा कोषमा रू. २ अर्ब ४९ करोड ८३ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ५४ र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ७५ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्