ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोमवार पहिलो घण्टामा ०.५२% ले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७८ बैशाख, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । सोमवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १३ दशमलव ८५ अंकले बढेर २ हजार ६७८ दशमलव ९५ विन्दुमा पुगेको छ ।   

२ हजार ६७६ दशमलव ४६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ५२ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०१ ओटा कम्पनीको २० हजार १३४ पटकको कारोबारमा २३ लाख २९ हजार ५१८ कित्ता शेयरको रू. १ अर्ब २६ करोड ९० लाख ५३ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो र ङादी ग्रुप पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म जलविद्युत् लगानी तथा विकास कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १२ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४९४ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्