ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ज्याकारान्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर) 

२०७८ बैशाख, २०  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । यो वसन्त ऋतु हो । निश्चय  नै बसन्त ऋतुमा वन जंगल मात्र होइन, सहर पनि केहि मात्रामा सजिन्छ भन्ने कुरा यो विरुवाको फूलहरुले पुष्टि गर्दछ । काठमाडौं उपत्यकाको रत्नपार्क लगायतका सहरी क्षेत्र यतिखेर ज्याकारान्डाको फूल फुलेर सडक मात्र होइन आसपासको क्षेत्रको नै सौन्दर्य बढेको छ ।

रत्नपार्क मात्र होइन दरवारमार्ग, घण्टाघर, सुन्धारा, बबरमहल,सिंहदरवार क्षेत्र बसन्त ऋतुको आगमनसँगै ज्याकारान्डाको निलो रंगका फूलहरुले सौन्दर्य बढ्नुका साथै आकर्षणको केन्द्रविन्दु भएको छ ।

उपत्यकालाई सुन्दर बनाउनको लागि यो विरुवा विदेशबाट ल्याइएको बताइएको छ ।ढकमक्कै फुलेका यी फूलहरुले जो कोहि मानिसहरुको मनलाई प्रफुलित बनाएको छ ।


काठमाडौंको घना बस्तीमा सडक किनारामा झ्याम्म हाँगा फिंजाएर रुखभरि नीलो फूल फुल्दा कंक्रिटै–कंक्रिटको सहर काठमाडौं रमाइलो देखिएको छ ।


कोरोना भाइरस महामारीको दोस्रो लहरले काठमाडौं उपत्यका लगायत मुलुक नै आक्रान्त भइरहँदा निषेधाज्ञा लागू गरिएको  छ तर यता यहि प्रकृतिमा फूलेका बैजनी फूलहरुले अनुपम सुन्दरता तथा बासना भने दिइरहेको छ ।

तर यो वर्ष कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाले गर्दा सीमित पैदल यात्री र सवारी चालक बाहेक राजधानीबासीले बसन्तमा रङ्गिएको राजधानी भने देख्नै पाएनन् । तस्वीरहरु : प्रकाश केसी / आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्