ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमासमा प्रिमियर इन्स्योरेन्सको नाफा ५२ % वृद्धि

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । गत आवको तेस्रो त्रैमासको तुलनामा प्रिमियर इन्स्योरेन्स कम्पनीको नाफा चालू आवको सोही अवधमिा ५२ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा रू. १९ करोड ४ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २८ करोड ९६ लाख २० हजार पुर्‍याएको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुनलामा कम्पनीको आम्दानी २८ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ७ करोड ४५ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३३ करोड ३९ लाख र बीमा कोषमा रू. ८१ करोड ५ लाख सञ्चित गरेको छ । 

सो अवधिसम्म कम्पनीले रू.१ अर्ब ३८ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । उक्त अवधिसम्ममा कम्पनीको जारी बीमालेखको संख्या १ लाख २३ हजार ५९९ र नविकरण गरिएको बीमालेखको संख्या २६ हजार ३५० पुगेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. ३५ दशमलव ९४, मूल्य आम्दानी अनुपात ३५ दशमलव ८१ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१० दशमलव २२ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्