ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अपि पावर कम्पनीले हकप्रद निष्कासनको लागि पायो बोर्डको अनुमति

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । 

कम्पनीले १ बराबर शून्य दशमलव २९३८ (१:०.२९३८)  को अनुपातमा रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न बार्डबाट वैशाख २० गते (सोमवार) अनुमति पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९२ करोड ९७ लाख रहेको छ । उक्त हकप्रद निष्कासनपछि कम्पनीको पूँजी रू. २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्