ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.४७% ले बढेको बजारमा ५ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (१ बजेको अपडेट)

२०७८ बैशाख, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२ दशमलव ५८ अंकले बढेर २ हजार ६७७ दशमलव ६८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ४७ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा २१४ ओटा कम्पनीकोे रू. ३ अर्ब ५४ करोड २५ लाख २२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो, ङादी ग्रुप पावर र नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३७५ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंक र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्