ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१ करोड ७२ लाख खराब कर्जा उठाएको आरएसडिसी लघुवित्तको नाफा ४०% बढ्यो 

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ५ करोड ४३ लाख नाफा कमाएको चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड ६३ लाख पुगेको हो । 

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. १ करोड ७२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न सहयोग पुगेको हो । चुक्तापूँजी रू. ७३ करोड १९ लाख ६० हजार रहेको कम्पनीले जगेडा काोषमा रू. १३ करोड ८६ लाख ६५ हजार सञ्चित गरेको छ । 

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ प्रतिशत र सञ्चालन नाफा २३ प्रतिशतले वृद्धि भएको हो । 

सोही अवधिमा प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९०, मूल्य आम्दानी अनुपात ६५ दशमलव ६८, तरलता अनुपात ४ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ९४ पुगेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्