ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्ससहित पाँच ओटा कम्पनीको शेयरमूल्य उच्च दरले बढ्यो

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । सोमवार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सहित पाँच ओटा कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ । 

सबैभन्दा बढी विशाल बजार कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत, महिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९८ प्रतिशत, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९ दशमलव ७७ प्रतिशत र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ४९ प्रतिशतले वृद्धि भएको हो । 

यी पाँच ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । विशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार १६८, महिला लघुवित्तको रू. ३ हजार ७८०, नेशनल माइक्रोफाइनान्सको रू. ३ हजार ६९९, सिंगटी हाइड्रोको रू. ४३८ र ङादी ग्रुप पावरको रू. २७७ पुगेको छ । 

नेशनल माइक्रोफाइनान्सले उल्लेख्य मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेसँगै लगानीकर्ताको आर्कषण बढेको हो ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्