ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साढे ५ अर्बको शेयर कारोबार भएको बजारमा अपि पावरको सर्वाधिक हिस्सा (२ बजेको अपडेट)

२०७८ बैशाख, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १२ दशमलव ४५ अंकले घटेर २ हजार ६५२ दशमलव ६६ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ४७ प्रतिशतले घटेको बजारमा २१६ ओटा कम्पनीकोे रू. ५ अर्ब ४६ करोड ३ लाख ७६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो, ङादी ग्रुप पावर र नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स तथा पर्यटन, लघुवित्त र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २९ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३७० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ४९० मा रू. २२ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्