ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो त्रैमाससम्म रिलायन्स लाईफ इन्स्योरेन्सको बीमाशुल्क १४९% ले बढ्यो

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुुलनामा चालू आवको सोही अवधिमा १४९ प्रतिशतले वृद्धि भएको छ । 

गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ६६ करोड १३ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ अर्ब १४ करोड ५३ लाख पुगेको हो । 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.६ करोड ५८ लाख ६६ हजार नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ७ दशमलव २८ प्रतिशतले वृद्धि भएको हो । 

गत अवको तेस्रो त्रैमासमा कम्पनीले रू. ६ करोड १३ लाख ९२ हजार नाफा कमाएको थियो । चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. २० करोड ५७ लाख १४ हजार र जीवन बीमा कोषमा रू. २ अर्ब २६ करोड ४४ लाख सञ्चित गरेको छ । 

जीवन बीमा कोष गत आवको तेस्रो त्रैमासको तुलनामा १६० प्रतिशतले वृद्धि भएको हो । प्रतिशेयर आम्दानी रू. ४ दशमलव १८ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात १७४ दशमलव शून्य ८, प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८८ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्