ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मध्य भोटेकोशी जलविद्युतले स्थानीयका लागि मंगलवारदेखि आईपीओ निष्कासन गर्ने

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले मंगलवार (वैशाख २१ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । 

कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

उक्त आईपीओमा स्थानीय बासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्ता देखि ४०० कित्तासम्मका लागि आवेदन गर्न सकिनेछ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्