ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टी - ट्वेन्टी क्रिकेट वरियतामा नेपालको सुधार        

२०७८ बैशाख, २०  
खेल विविध
Image Not Found

वैशाख २०, काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वेन्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सोमवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औं स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो ।     
     
 नेपालको टी–ट्वेन्टीमा उत्कृष्ट वरियता ११औं स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौं स्थानमा अष्ट्रेलिया छ ।     
     
 यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औं स्थानमा छ । यसअघि नेपाल १७औं स्थानमा रहेको थियो । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।   रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्