ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी           

२०७८ बैशाख, २०  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २०, ताइपेई(ताइवान) रशियाले विकास गरेको कोरोना भाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रशियाले बताएको छ ।     

हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग २ करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीन ओटा सम्झौता भइसकेको रशियाले घोषणा गरेको छ । यहाँबाट उत्पादित खोप दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति गरिने छ । यी क्षेत्रका धेरै मुलुकले रशियाली खोपको माग गरेका छन् ।     

अमेरिकी र यूरोपेली यूनियनले भने आफ्नै मुलुकका खोप अभियानमा केन्द्रित गरेपछि रशियाले अन्य मुलुकका लागि खोप आपूर्तिलाई तिब्रता दिएको छ ।     
विगतमा रशियाको खोपका बारेमा विभिन्न आशंका गरिए पनि सुप्रसिद्ध बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित विवरणले स्पुतनिक भी खोप सुरक्षित रहेको र यसको प्रभावकारिता ९१ प्रतिशतको हाराहारीमा रहेको देखाएको छ ।     

तैपनि, विज्ञहरुले रशियाले विश्वका विभिन्न मुलुकबाट आइरहेको मागलाई पूरा गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् । १० औं लाख डोज आपूर्ति गर्ने घोषणा र प्रतिबद्धता गरे पनि रशियाले त्यसको केही अंश मात्र आपूर्ति गरिरहेको छ । रशियाका सरकारी प्रवक्ता दिमित्री पेस्कोभले स्पुतनिक भी को मागलाई पूरा गर्न रशियासँग रहेका प्लान्ट पूरै सक्षम नरहेको बताए ।     

उत्पादन वृद्धि गर्न रशियाको डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भारत, दक्षिण कोरिया, ब्राजिल, सर्बिया, टर्की, इटाली र अरु मुलुकसमेतका अरु मुलुकका औषधि उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ । तर बेलारुस र कजाकस्तान बाहेक अन्य प्लान्टबाट पर्याप्त खोप उत्पादन हुन सकेको छैन ।     

लन्डनस्थित अनुसन्धान संस्था एयरफिनिटीको अनुमानमा रशियाले १०० ओटाभन्दा बढी मुलुकलाई ६३ करोड डोज स्पुतनिक भी खोप उपलब्ध गराउन सम्झौता गरेको बताएको छ तर हालसम्म करीब १ करोड १५ लाख डोज मात्र निर्यात भएको छ ।     

फन्डले अन्य मुलुकमा कति डोज खोप निर्यात भइसक्यो भन्ने खुलाएको छैन । गत अप्रिल २७ सम्ममा स्पुतनिक भी खोप करीब २ करोड ७० लाख डोज मात्र उत्पादन भएको अनुमान गरिएको छ ।     

यसैबीच, फन्डले हुआलान बायोलोजिकल ब्याक्टेरिनसँगको साझेदारीमा १० करोड डोज तथा शेनझेन युआक्सिन जिन टेकबाट ६ करोड डोज उत्पादन गर्ने सम्झौता गरिसकेको बताएको छ ।     

टिबेट रोडिओला फर्मास्युटिकल्सले स्पुतनिक भी खोप उत्पादन र विक्री गर्नेगरी रशियासँग ९० लाख अमेरिकी डलरमा सम्झौता गरेको गत नोभेम्बरमै घोषणा गरिएको थियो ।रासस/ एपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्