ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयर बजारमा दोहोरो अंकको करेक्सन, ५ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

२०७८ बैशाख, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । शेयर बजारमा सोमवार दोहोरो अंकको करेक्सन भएको छ ।

यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव ४६ प्रतिशत अर्थात् १२ दशमलव ३५ अंकले घटेर २ हजार ६५२ दशमलव ७५ विन्दुमा झरेको हो । 

आइतवार ५४ अंकले बढेर २ हजार ६६५ दशमलव ११ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ६७६ दशमलव ४६ विन्दुदेखि खुलेको थियो । यो दिन नेप्से परिसूचक २ हजार ६९३ विन्दुसम्म पुगेर तल झरेको हो ।

समग्र शेयर कारोबार मापक नेप्से परिसूचकसँगै सोमवार ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५६ प्रतिशत घटेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ६९ अंक घटेर ४७५ दशमलव १२ विन्दुमा झरेको हो । 

दोहोरो अंकले करेक्सन भएको बजारमा कारोबार रकम भने आइतवारभन्दा पनि बढेको छ । आइतवार रू. ७ अर्ब ३६ करोड ८ लाख बराबरको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ७  अर्ब ५२ करोड ९२ लाख ९० हजार बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ८८ हजार ४८३ पटकको व्यापारमा भएको हो ।

सोमवार सर्वाधिक रकमको शेयर कारोबार अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीले आइतवार हकप्रद निष्कासनको अनुमित पाएसँगै कम्पनीको शेयरप्रति लगानीकर्ताहरुको आकर्षण देखिएको छ । उक्त कम्पनीले १ बराबर शून्य दशमलव २९३८ को अनुपातमा रू. ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

हकप्रदप्रति आकर्षित शेयरधनीहरुले सोमवार अपि पावरको रू. ३९ करोड ३५ लाख ५९ हजार बराबरको शेयर किनबेच गरेका छन् । यो दिन अपि पावरको शेयरमूल्य पनि प्रतिकित्ता रू. ८ ले बढेर अन्तिम मूल्य रू. ३६९ कायम भएको छ । 

यसदिन लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । विशाल बजार कम्पनीसहित पाँच ओटा कम्पनीको शेयरमूल्य यो दिन ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

विशाल बजार कम्पनीको शेयरमूल्य यस दिन ९ दशमलव ९९ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ९ दशमलव ९९ प्रतिशत, महिला लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, ङादी ग्रुप पावरको ८ दशमलव ८८ प्रतिशत र सिंगटी हाइड्रोको ९ दशमलव ७७ प्रतिशतले मूल्य बढेको हो । 

यो दिन विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ५६० ले बढेर अन्तिम मूल्य रू. ६ हजार १६८, नेशनल माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ३३६ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ७००, महिला लघुवित्तको प्रतिकित्ता रू. ३४३ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ७८० पुगेको छ । त्यस्तै, ङादी ग्रुप पावरको प्रतिकित्ता रू. २५ ले बढेर अन्तिम मूल्य रू. २७८ र सिंगटी हाइड्रोको प्रतिकित्ता रू. ३९ ले बढेर अन्तिम मूल्य रू. ४३८ पुगेको हो ।

लघुवित्त समूहसगै यो दिन लगानी समूहको परिसूचक शून्य दशमलव ५ प्रतिशत बढेको छ । यसदिन बैंकिङ समूहको शून्य दशमलव ५५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३९ प्रतिशत, होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ३७ प्रतिशत, विकास बैंकको १ दशमलव १८ प्रतिशत, जलविद्युतको १ दशमलव २३ प्रतिशत, वित्तको शून्य दशमलव ७२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६१ प्रतिशत परिसूचक घटेको छ । 

त्यसैगरी, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ९ प्रतिशत, अन्यको १ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ५२ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्