ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लमजुङका ९०% विद्यालय भवन पुनर्निर्माण सम्पन्न

२०७८ बैशाख, २०  
गण्डकी प्रदेश
Image Not Found

वैशाख २०, लमजुङ । गोरखा भूकम्प गएको ६ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ ओटा विद्यालयमध्ये १०६ ओटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ । 

एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ ओटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २२ ओटा, आव २०७५/७६ ६८ ओटा, आव २०७४/७५ मा आठ ओटा र आव २०७३/२०७४ मा ८ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको थियो । 

जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९ शौचालय निर्माणाधीन रहेको छ । त्यस्तै ३६ ओटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् । 

ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महीनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाई प्रमुख पराजुलीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्