ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लकडाउन बीच खुद्रा विक्रीमा अनलाइनको अनुपात बढ्यो

२०७८ बैशाख, २०  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २०, न्यूयोर्क (अमेरिका) । गत वर्ष खुद्रा विक्रीमा अनलाइन विक्रीको हिस्सा बढेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण विक्री बढेको हो । आँकटाडले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० मा समग्र खुद्रा विक्रीमा अनलाइन विक्रीका अनुपात १९ प्रतिशत रहेको छ । 

अघिल्लो वर्ष भने यो अनुपात १६ प्रतिशत थियो । आँकटाडले मुख्य अर्थतन्त्रको राष्ट्रिय तथ्यांक कार्यालयले निकालेको तथ्यांकका आधारमा पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो । अनलाइन विक्रीको अनुपात सबैभन्दा धेरै दक्षिण कोरियामा छ । अघिल्लो वर्ष २० दशमलव ८ प्रतिशत रहेको विक्री अनुपात गत वर्ष बढेर २५ दशमलव ९ प्रतिशतमा पुगेको छ । 

चीन, बेलायत र अमेरिकामा भने यो अनुपात क्रमशः २४ दशमलव ९ प्रतिशत, २३ दशमलव ३ प्रतिशत र १४ प्रतिशत रहेको छ । सन् २०१९ मा विश्वको अनलाइन विक्री ४ प्रतिशतले बढेर २६७ खर्ब डलरमा पुगेको आँकटाडले बताएको छ । यसमा व्यवसायबाट व्यवसाय र व्यवसायबाट ग्राहकसँगको विक्री समावेश गरिएको छ । 

यो सो वर्षको विश्वको कुल जीडीपीको ३० प्रतिशत बराबर भएको बताइएको छ । विश्वको शीर्ष १३ ओटा ई–कमर्श कम्पनीमध्ये ११ ओटा चीन र अमेरिकाका छन् । ई–कमर्श मञ्चबाट उपभोक्ताबाट उपभोक्तालाई विक्री गरिएको वस्तुको कुल मूल्य अर्थात् जीएमभीका आधार चीनको अलिबाबा शीर्ष स्थानमा छ । दोस्रो स्थानमा अमेरिकी कम्पनी एमाजन छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्