ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

इजरायलमा ६० करोड डलर लगानी गर्दै इन्टेल 

२०७८ बैशाख, २०  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २०, जेरुसेलम (इजरायल) । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले इजरायलमा थप ६० करोड डलर लगानी गर्ने भएको छ । त्यहाँ अनुसन्धान तथा विकास (आरएन्डडी) विस्तारका लागि सो लगानी गर्न लागिएको कम्पनीले आइतवार बताएको हो । 

कम्पनीका प्रमुख कार्यकारी प्याट गेल्सिंगरको एक दिने इजरायल भ्रमणका क्रममा सो घोषणा भएको हो । जेरुसेलममा रहेको मोबिलिये एकाईको मुख्यालयलाई स्वचालित कार प्रविधि विकासका लागि आरएण्डपी क्याम्पस बनाउन ४० करोड डलर खर्च गर्दैछ । अर्को २० करोड डलर चाँहि हाफिया शहरमा आर्को आरएण्डडी सेन्टर बनाउन खर्च हुनेछ । 

इन्टेलले सन् २०१७ मा १५ अर्ब डलरमा चिप निर्माता मोबिलिये किनेको थियो । सन् २०१९ मा २ अर्ब डलरमा कृत्रिम बौद्धिकतायुक्त चिप निर्माता हाबाना र १ अर्बमा मोभिट किनेको थियो । कम्पनीले नयाँ चिप कारखाना बनाउन १० अर्ब डलर खर्च गर्ने योजनाको पनि उनले पुष्टि गरेका छन् । 

नयाँ कारखानाले साना चिप उत्पादन गर्छ कि गर्दैन भन्नेबारे चाँहि कम्पनीले केही पनि बताएको छैन । इजरायलमा इन्टेलमा करीब १४ हजार कार्यरत छन् । यो त्यहाँको सबैभन्दा ठूलो हाइटेक उद्योग हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्