ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३ हजार डलरमाथि पुग्यो इथरको भाउ

२०७८ बैशाख, २०  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २०, हङकङ ।भर्चुअल मुद्रा इथरको भाउ प्रतिगोटा ३ हजार डलर माथि उक्लिएको छ । 

सोमवार इथरको भाउमा भएको वृद्धिले सबैभन्दा महँगो भर्चुअल मुद्रा बिट्क्वाइनको वृद्धिलाई समेत पछाडि पारेको छ । बिट्सम्यापमा बिहानी कारोबारमा लन्डनमा इथरको भाउ ३ प्रतिशतले बढेर प्रतिगोटा ३ हजार १४४ डलर ८१ सेन्टमा पुगेको थियो ।

 यस वर्षको अहिलेसम्मको अवधिमा यसको भाउ ३२५ प्रतिशतले बढिसकेको छ । बिट्क्वाइनको भाउ भने यस अवधिमा ९५ प्रतिशतले बढेको छ ।

सोमवार बिट्क्वाइनको भाउ ४ प्रतिशतले बढेर प्रतिगोटा ५८ हजार ७०० मा पुगेको भए पनि यो यसअघि कायम भएको कीर्तिमानी उच्च विन्दुभन्दा निकै तल छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्