ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अनाजद्वारा कृषि बजेटका लागि सुझाव पेस, कृषि संचार प्रवर्द्धनमा मन्त्रालय गम्भीर रहेको सचिव कार्कीको भनाइ

२०७८ बैशाख, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । एशोसिएशन अफ नेपाली एग्रीकल्चरल जर्नालिस्टस् (अनाज) ले आगामी कृषि बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसमक्ष सुझावपत्र पेस गरेको छ ।

अनाजले सोमवार आगामी वर्ष ०७८/ ७९ को नीति तथा कार्यक्रम र कृषि बजेट निर्माणका लागि सुझाव पेस गरेको हो । सुझावपत्र बुझदै मन्त्रालयका सचिव डा योगेन्द्र कुमार कार्कीले नेपालमा कृषि क्षेत्रको विकासको लागि संचारकर्मीको भूमिका उल्लेख्य रहेको बताए ।

अनाजका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक सुरेश कुमार यादवले सचिव कार्कीमार्फत् मन्त्रालयलाई सुझावपत्र बुझाएका हुन् । 

‘मन्त्रालय र कृषिका निकायहरुमा संचारकर्मीको सहज पहुँच विस्तार भएको छ, कृषि पत्रकारले खेलेको भूमिका निकै जिम्मेबारपूर्ण रहेको मन्त्रालयको बुझाइ छ,’ कार्कीले भने, ‘कृषि संचार प्रवर्द्धनका लागि मन्त्रालयले यो वर्ष विशेष व्यवस्था गर्ने योजनामा राख्छौं ।’ 

सुझावपत्रमा कृषि पत्रकारको क्षमता अभिवृद्धि र कृषिलाई प्रमुख विधाका रुपमा लिएर कार्य गरिहेका मिडिया तथा कृषिलाई प्राथमिकता दिने अन्य मिडियालाई सहयोग पुग्ने कार्यक्रम ल्याउनुपर्ने लगायतका विषय समेटिएको छ । 

‘कृषि पत्रकारिता आफैमा प्राविधिक र जटिल खालको पत्रकारिता हो, गहिरिएर कृषि पत्रकारिता गर्नेले वास्तवमै कृषि क्षेत्रको विकासमा ठूलो भूमिका खेलिरहेका हुन्छन्, अनाजका अध्यक्ष किरण आचार्यले भने, ‘नेपालको सन्दर्भमा कृषि संचारमा खट्ने पत्रकारको क्षमता अभिवृद्धि र कृषिका केन्द्र बनाएर सामग्री पस्कने मिडियाको विकासको लागि सरोकारवाला निकायले पनि जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।’

सरकार र किसान, उद्योगी तथा सरोकारवाला बीचको सेतुको काम गर्ने कृषि संचारको प्रवर्द्धन गर्न मन्त्रालय र मातहतका निकायको भूमिका हुनुपर्ने उनको भनाइ छ । सुझावपत्रमा संचार क्षेत्रकाअलावा कृषक, उद्यमी र उपभोक्तासमेतको हितगर्ने विषय समेटिएको छ ।

कृषि क्षेत्रका संचारकर्मी तथा सरोकारवाला बीच विभिन्न चरणमा गरिएको औपचारिक, अनौपचारिक छफल तथा सुझाव संकलन पश्चात संस्थागत रुपमा सुझाव पेश गरिएको अनाजले बताएको छ । सरकारका नियमित कार्यक्रमका बीच कोरोना महामारीको दोस्रो प्रभावसमेत बढिरहँदा नीति तथा कार्यक्रम र बजेटमा छुटाउन नहुने कार्यक्रमलाई समेटिएको अनाजले बताएको छ । 

स्थानीयउत्पादन, सानाकिसान र आत्मनिर्भरतालाई प्राथमिकता, कोरोना राहत कार्यक्रम, कृषकको वर्गीकरण र कृषि आत्मसम्मान कार्यक्रम, अनुदानमा एकद्वार प्रणाली, कृषक राहत कोष, कृषिमा संगठनात्मक सुधार, कृषि प्रसार सुधार र सूचना प्रविधिको उच्चतम उपयोगलगायत उपशिर्षकमा २५ ओटा बुँदामा सुझाव पेस गरिएको छ
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्