ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माथिल्लो दोर्दी ‘ए’ जेठ अन्तिममा सकिने

२०७८ बैशाख, २१  
गण्डकी प्रदेश
NA

लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ । दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश निर्माण सम्पन्न भइसकेको जेठको अन्तिम सातासम्म निर्माण सम्पन्न गर्दै विद्युत् उत्पादन गर्ने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । यही हप्ताभित्र टनेलमा पानी हाल्ने तयारी भइरहेको छ । आयोजनाको विद्युत्गृहमा मेशिनको काम गर्न भारतबाट इन्जिनियर ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ । यस आयोजनाले यसअघि गत चैतसम्ममा निर्माण सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य थियो । कोभिडका कारणले आयोजनामा प्रभाव पारेकाले निर्माण ढिलाइका साथै जिल्लामा १२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइनसकेकाले समेत विद्युत् उत्पादनमा ढिलाइ हुन पुगेको आयोजना प्रवद्र्धक वस्तीको भनाइ छ ।    
 
आयोजना ३ अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य थियो । तर निर्माण अवधि लम्बिँदै जाँदा ४ अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको आयोजनाको भनाइ छ । उक्त अवधिमा पनि अझै कोभिडको प्रभाव भएर समय थप भएमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रवद्र्धक वस्तीले बताए । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले बताएको छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच भएको सम्झौताअनुसार सुक्खा याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरीद गरिनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्