ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वागमती प्रदेश मन्त्रिपरिषद् बैठक : यातायात प्रवाहसम्बन्धी राजस्व २०७८ स्वीकृत

२०७८ बैशाख, २१  
वाग्मती प्रदेश
NA

हेटौंडा । वागमती प्रदेश मन्त्रिपरिषद्को सोमवार अपराह्न बसेको बैठकले प्रदेशको विद्युतीय माध्यमबाट यातायात प्रवाहसम्बन्धी राजस्व २०७८ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको पाँचओटा जिल्ला अस्पताल र दुईओटा स्वास्थ्य संस्थालाई कोभिड–१९ संक्रमित बिरामीहरूलाई उपचार सेवामा निरन्तरता दिन आवश्यक बजेट यथाशीध्र उपलब्ध गराउने र भेन्टिलेटर, आईसीयू कक्ष स्थापनाका साथै आइसोलेसन कक्षहरू स्थापना गर्नेतर्फ उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए । सोही बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित मेडिकल शिक्षामा अध्ययन गर्ने विद्यार्थीलाई करीब ७५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी भीआरसी अन्तर्गत ट्रान्सपोर्ट विकाससम्बन्धी विधेयकलाई स्वीकृत प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता ढुंगेलले उल्लेख गरे । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्