ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बागलुङका तीन पालिकामा मंगलवारदेखि निषेधाज्ञा

२०७८ बैशाख, २१  
गण्डकी प्रदेश
NA
author avatar अर्जुन कार्की

बागलुङ । बागलुङका तीन पालिकामा निषेधाज्ञा जारी गरिएको छ । दैनिक कोरोना संक्रमितको वृद्धि हुँदै गएपछि जिल्लाको बागलुङ नगरपालिका, गल्कोट नगरपालिका र बडिगाड गाउँपालिकामा निषेधाज्ञा लगाइएको हो । यस्तै जैमिनी नगरपालिकामा चल्ने सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आइतवार बसेको बैठकले बागलुङ नगरपालिका क्षेत्रभित्र वैशाख २१ गते बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ भने सोमवार गल्कोट नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सोमवार राति १२ बजेदेखि गतेदेखि २४ गतेसम्म र बडिगाड गाउँपालिकाले सोमवार राति १२ बजेदेखि २८ गतेसम्म निषेधाज्ञा लगाएको हो ।

सीसीएमसीले बागलुङ नगरपालिकामा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने, हिँडडुल नगर्ने, खाद्यसामग्री तथा पशुपन्छीका दाना, तरकारी, फलफूल, दुग्ध उत्पादन, माछा, मासु, पानी ग्यास लगायतका पसल स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । यस्तै अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए ।

समितिले बागलुङ नगरपालिकाभित्रका सरकारी र सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थामा भीडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय तथा संस्था प्रमुखले आलोपालो पद्धति अनुसार न्यूनतम कर्मचारी खटाई कार्यालय सञ्चालन गर्नु÷गराउनुपर्ने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा सार्वजनिक निर्माण कार्य भने रोकिने छैन ।

बागलुङमा सोमवारसम्म कोरोनाका सक्रिय संक्रमित १३४ जना छन् । त्यसमध्ये १४ जना धवलागिरि अस्पतालको आइसोलेसनमा, ७ जना ताराखोला गाउँपालिकाको कोभिड अस्पतालमा र ११३ जना होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्